माथिल्लो नयाँ विन्दुमा नेप्से

माथिल्लो नयाँ विन्दुमा नेप्से

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १५ १५:४१ बजे
सेयर बजार

काठमाडौं ।  केहि दिन देखि उकालो लागेको  सेयर बजार परिसुचक नेप्से  फेरी उकाले यात्रा लाग्ने  संकेत गरेको छ । तल्लो  विन्दुमा रहेको नेप्से लगातार  उकालो लागेसँगै  २२ सयको  नजिक  पुगेको छ ।  अहिलेको  बजार बढेर जानको  लागि पनि  नेप्सेको २२ सयको  विन्दुलाई  आभार मानिएको छ ।

आज  साताको पहिलो दिन (आइतबार) नेप्से  ५४..५८ अंकले   उकालो लागेको छ ।  नेप्से आज पनि  उकालो लागेसँगै   २१९५.१० बिन्दुमा पुगेको छ।

आज कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आइतबार ३.३७ प्रतिशतले बढेको छ। सेन्सेटिभ सूचक ९.७२ अंकले बढेर ४१९.२० पुगेको छ।

आइतबार कारोबार पनि बढेको छ। आज २२० कम्पनीका एक करोड १३ लाख ३९ हजार ४७६ कित्ता शेयर चार अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँमा किनबेच भएका छन्।

२०७९ साउन १५ १५:४१ बजे

प्रतिक्रिया