शहीद जयराज भट्ट (विनय)को सालिक अनावरण

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० २०:२१ बजे
शहीद जयराज भट्ट (विनय)को सालिक

डडेल्धुरा । अजयमेरु गाउँपालिका वडा नम्बर ४ को चिपुरमा माओवादी नेता सहिद जयराज भट्ट र गौतम बोहराको सालिक अनावरण  गरीएको छ ।  सालिक यही मंसिर १९ गते  अनावरण गरिएको हो । तत्कालीन शाही नेपाली सेनाद्वारा २०५९ सालमा बझाङको सन्स्युमा घेरामा पारी गोली हानी हत्या गरिएका जयराज भट्ट(क.विनय) माओवादी जनयुद्धको थालनीदेखि पूर्णकालिन कार्यकर्ता भइ भूमिगत भएर विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै क्षेत्रीय ब्युरो सदस्य र बझाङ जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।

अजयमेरु गाउँपालीका को आर्थिक सहयोगमा निर्माण गरिएको सहिद पार्कमा सहिद स्मृति द्वार, जयराज स्मृति बाटिका बनाउने उद्देश्यका साथ वडा कार्यलयले २ रोपनी जति जमिन उपलब्ध गराएको थियो। यहि मसिर १९ गते उक्त स्थानमा सहिद जयराज भट्ट 'बिनय' र गौतम बोहरा 'पर्खाल' को अर्धकदको शालिकको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य, सुदूर प्रदेश पार्टी कमिटी इन्चार्ज एवम सु.प.प्रदेश सभा का नवनिर्वाचित सदस्य  खगराज भट्ट ले अनावरण गर्नु भएकाे हाे । 

निर्माण समितिका अध्यक्ष एटमको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित प्रदेस सभा सदस्य माननीय खगराज भट्टले सालिक अनावरण गर्दै सहीदहरुका सपना अधुरो नै रहेकाले उनले निर्देशन गरेको बाटोमा हिड्दै सम्पूर्ण अन्याय, शोषण र विभेदबाट मुक्त समाजवाद स्थापना गर्न सके सबै सहीदहरुप्रती सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो । जनताले चाहेको मुक्ति, स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता गरि समुन्नत नेपाल अनि सम्बद्ध नेपाली भएको देख्न माओवादीहरूले जिम्मेवार भएर अझै संघर्ष र त्याग गर्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य भरत धानुक 'पुकार' ले मन्तव्य राख्नु हुँदै सहिद जयराज भट्ट किसान र मजदुर बर्गका सच्चा हितैसी र आदर्शलाई व्यवहारमा उतार्ने सच्चा कम्युनिस्ट हुनुहुन्थ्यो भनेर बताउनु भयो । आफुले उहाँबाट छोटो समयमा एउटा गुरु र अविभावकको रुपमा धेरै कुरा सिक्न पाएको भन्दै भित्रीनधेश क्षेत्रमा उहाँलाई चिन्ने सबैले सदा स्मरणमा राखिरहेको कुरा पनि  बताए । 

त्यस्तै सहिद गौतम बोहारा पनि एउटा असल, इमानदार र अनुशासित कार्यकर्ता रहेको र त्यत्तिकै निडर, शाहासी क्रान्तिकारी भावनाले ओतप्रोत एउटा संयमित, बिबेकशील युवा हुनुहुन्थ्यो उहाँले भन्नू भयो । तत्कालीन समयमा आफू यस क्षेत्रमा एरिया इन्चार्ज रहेको बेला गौतम बोहरा भूमिगत भएको हुनाले पनि आफ्नो भाइ जत्तिकै माया गर्ने गरेको पनि केन्द्रीय सदस्य पुकारले भन्नुभयो 

गाउँपालिका अध्यक्ष उमेश भट्ट, सहिद बिनयकी आमा गोमती देवी भट्ट, शहितपत्नी नन्दा भट्ट र अर्का सहिद गौतम बोहराकी भाउजुको पनि बिशिस्ट अतिथिको रुपमा सम्मान तथा आसन ग्रहण गराइएको जनाएको छ। 

२०७९ मंसिर २० २०:२१ बजे

प्रतिक्रिया