यी हुन् ७५ वर्ष देखी ८८ वर्ष कटेका पाका सांसदहरू

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० २०:०६ बजे
पाका सांसदहरू

काठमाडौं । विगत निर्वाचन देखी हालै सम्पन्न भएको निर्वाचन उमेर निकै पाका भएका उम्मेदवारहरू पनि निर्वाचित भएका छन् । निर्वाचनको पुर्वसन्ध्यामा पुरानालाई आराम दिने नाउमा विभिन्न नाराहरू चलेका थिए । बाध्यता वा अन्य विभिन्न कारण बस यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा पनि विभिन्न पार्टीहरूबाट उमेरले डाँडा कटेकाहरु पनि निर्वाचित भएका छन् । 

यस पटकको प्रतिनिधि सभामा देखीने पाका नेताहरू प्रया पार्टीका शीर्ष नेताहरूनै रहेका छन् । नेपाली कांग्रेसबाट पार्टी अध्यक्ष र राम चन्द्र पौडेल पाका नेता रहेका छन् । यस पटकको संसदमा सबै भन्दा पाका नेताको रुपमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी रहेका छन्। जो राजमोबाट एक मात्र  निर्वाचित सांसद रहेका छन् । नेकपा एमालेबाट  पार्टी अध्यक्ष केपी शर्मा ओली नै पाका नेता रहेका छन् । नेकपा माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहा प्रचण्ड नै पाका नेता रहेका छन् ।  नेकपा एकीकृत  समाजवादीबाट माधव कुमार नेपाल पाका नेता रहेका छन् । त्यस्तै महिन्द्र राय यादव पनि पाका नेताको रुपमा रहेका छन् ।

चित्र बहादुर केसी  

नेपाली राजनीतिमा आफ्नो छुटै छवि बनाएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहेका चित्र बहादुर केसी १९३४ मा बागलुङ मा जन्मिएका हुन् । उनी यस पटकको निर्वाचनमा पनि बागलुङबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका छन् । उनि अहिले ८८ वर्षका भएका छन् । चित्रबहादुर केसी  एक पटकका उपप्रधानमन्त्री हुन्। उनी लामो समयदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा संलग्न रहेका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी नेपालको सङ्घीयताको प्रखर विरोधी राजनीतिज्ञ हुन्। 

शेर बहादुर देउवा
अहिलेका नेताहरू मध्ये सबै भन्दा धेरै पटक प्रधानमन्त्री बनेका नेपाली कांग्रेसका सभापति देउवा नै हुन् । शेरबहादुर देउवा नेपाली कांग्रेसका सभापति तथा नेपालका वर्तमान प्रधानमन्त्री हुन। देउवा नेपाली कांग्रेसको संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक नेपालको प्रधानमन्त्री बनेका थिए।  उनी अहिलेको निर्वाचनमा पनि डडेल्धुरा जिल्लाबाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका छन् । उनी अहिले पनि भावी प्रधानमन्त्रीको दाबेदारका रुपमा रहेका छन् । देउवाको जन्म डडेल्धुरा जिल्लामा सन् १९७६ मा भएको हो उनी अहिले ७६ वर्षका भएका छन् । 

देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका थिए । खासगरी वि.सं. २०१७ को राजनीतिक घटनाक्रम पछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय उनी नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य हुन् । वि. सं. २०२८ मा उनी नेपाल विद्यार्थी संघको सभापतिमा चुनिएका थिए । वि. सं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित  देउवा  वि. सं २०६४ र वि.सं २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर जिल्ला र कैलाली जिल्लाबाट समेत विजयी भएका थिए ।

केपी शर्मा ओली  

वर्तमान नेकपा एमालेका अध्यक्ष समेत रहेका  केपी शर्मा ओली एमालेका सबै भन्दा पाका नेता हुन् । उनको वास्तविक नाम खड्गप्रसाद शर्मा ओली हो । उनको  जन्म सन् १९५२ मा तेह्रथुममा भएको हो ।  ओली अहिलेको  निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका हुन् । उनी नेकपा (एमाले) बाट प्रतिनिधि सभामा २०४८, २०५१, २०५६, र २०७४मा निर्वाचित भएका थिए। उनले आम निर्वाचन २०५६मा दुईवटा निर्वाचन क्षेत्रबाट चुनाव जितेका थिए। संविधानसभा निर्वाचन, २०६४मा उनले पराजय बेहोरेका थिए।  तर यस पछिका निर्वाचनमा भने उनले कुनै हार बेहोरेका छैनन् । एमाले अध्यक्ष ओली अहिले ७० वर्षका भएका छन् ।

माधव कुमार नेपाल 
नेकपा एकीकृत  समाजवादी केन्द्रका अध्यक्ष समेत रहेका माधव कुमार नेपाली पनि एसका सबै भन्दा पाका नेता हुन् । उनी  सन् १९५३  मा गौरमा जन्मिएका हुन् । उनी अहिले ६९ वर्षका भएका छन् । उनले जिवनको लामो समय नेकपा एमालेको राजनीतिक यात्रामा गुमाए भने अहिले उनी एसमा रहेका छन् । उनी नेकपा एमालेका महासचिव, अध्यक्ष र प्रधानमन्त्री समेत भएका व्यक्ति हुन् । 

राम चन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेपाली कांग्रेसका अहिलेका सबै भन्दा पाका नेता हुन् । उनी अहिले ७८ वर्षका भएका छन् । उनी सन् १९४४ मा तनहुँमा जन्मीएका हुन् । रामचन्द्र पौडेल प्रजातान्त्रिक आन्दोलनका नेता हुन्। तनहूँ क्षेत्र नं.२बाट संविधानसभामा विजयी भएका थिए। उनले २०४८को संसदीय निर्वाचनमा तनहूँ क्षेत्र नं.१बाट र २०५२ तथा २०५६ का निर्वाचनमा तनहूँ क्षेत्र नं २बाट विजय हासिल गरेका थिए। अहिलेको निर्वाचनमा पनि उनी  तनहुँ १ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित भएका छन् । उनले अहिले पनि आफुलाई प्रधानमन्त्रीको रुपमा अधि सारेका छन् । 

अर्जुननरसिंह केसी

अर्जुननरसिंह केसी पनि नेपाली कांग्रेसका उमेरले पाका नेता हुन उनी अहिले ७५ वर्षका भएका छन् । उनको जन्म सन्१९४६ मा नुवाकोटमा भएको हो । अहिलेको निर्वाचनमा अर्जुननरसिंह केसी नुवाकोट २ बाट प्रतिनिधि सभाको सदस्यमा निर्वाचित चएका छन् । 

महिन्द्र राय यादव

नेपाल समाजवादी पार्टी (नेसपा) का नेता महिन्द्र राय यादव  पनि उमेरले पाका नेता हुन् । उनी सर्लाहीबाट यसपटको निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएका छन् । उनले माओवाद केन्द्र चुनाव चिन्ह बाट निर्वाचन लडेका हुन् । यस अघि पनि उनी मन्त्री र सांसद बनिसकेका छन् । सन् २०५४ मासर्लाहीमा जन्मेका यादव अहिले ७० वर्षका भएका छन् । 

पुष्पकमल दाहाल (प्रचण्ड)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सन् १९५४ मा  कास्की जिल्लामा जन्मीएका हुन् । उनि अहिले ६८ वर्षका भएका छन् । उनि माओवादी केन्द्रका पाका नेता हुन् । 

२०७९ मंसिर २० २०:०६ बजे

प्रतिक्रिया