सामान्य अंकले नेप्से घट्दा कारोबार रकम कटेन अर्ब

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १५:१९ बजे
सेयर बजार

काठमाडौं । सातको तेस्रो दिन आज सेयर बजार परिसुचक नेप्से सामान्य अंकले ओरालो लागेको छ । आज मंगलबार सेयर बजार परिसुचक नेप्से ४.८७ अंकले ओरालो लागेको हो । आज नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि ओरालो लागेको छ । नेप्से आज ओरालो लागेसँगै १९३३.८८ विन्दुमा पुगेको  छ । आज  सेयर बजार ओरालो लागेसँगै जम्मा ९७५२१०८९९ रुपियाँ मात्रैको कारोबार भएको छ । 

आज बजार ओरालो लागे पनि  धौलागिरी लघुवित्त भने सर्वाधिक उकालो लागेको छ । धौलागिरिको सेयर मूल्य आज ८.१७  प्रतिशतले उकालो  लागेको छ । सिटिजन म्युचुअल फन्ड ६.१२ प्रतिशतले उकालो लागेको छ । र सपोर्ट  माइक्रो फाइनान्स  लघुवित्त पनि ५.८६ प्रतिशतले उकालो लागेको छ । 

आज बजार सामान्य अंकले ओराले लाग्दा एनएमबी सबै भन्दा धेरै गुमाएको छ । यसले ६.०७ प्रतिशतले गुमाएको छ । 

२०७९ मंसिर २० १५:१९ बजे

प्रतिक्रिया