एम .वि.को दक्षिणपन्थि राजनितिसँग स्थानियस्तरमा सम्वन्ध विच्छेदको घोषणा

एम .वि.को दक्षिणपन्थि राजनितिसँग स्थानियस्तरमा सम्वन्ध विच्छेदको घोषणा

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १५ १५:२५ बजे
दक्षिणपन्थि

वागलुङ । नेपाल कम्युनिष्ट पार्टी मसाल (ए.वि.)ले नेतृत्व गरेको पार्टीको देश भरी मा वागलुङ र प्युठानमा केही संगठन रहेको भए पनि सो बागलुङको जैमनीनगरपालीकामा सो पार्टी सँग राजनीतिक, संगठनात्मक रुपमा स्थानीय स्तरमा सम्बन्ध विच्छेद गरेका समाचार प्राप्त भएको छ। राष्ट्रिय जनमोर्चा समन्वय समिति जैमिनी नगरपालिकाको भेला २०७८ श्रावण १४ गते राङखानीको व्यारथलामा नगरपालिका स्तरीय भेला सम्पन्न भएको छ । 

राष्ट्रिय जनमोर्चा समन्वय समितिका अध्यक्ष कृष्ण पौडेल हुनुहुन्छ भन्ने राजमो समन्वय समितिका केन्द्रीय सदस्य कमरेड रेशम गिरिको प्रमुख आथित्यमा भेला सम्पन्न भएको छ। भेलाले कमरेड टङ्क रानाको अध्यक्षतामा १५ सदस्यीय राजमो समन्वय

समिती गठन गरेको छ । समितिको सचिवमा निर बहादुर श्रीस हुनुहुन्छ भने सदस्यहरूमा चन्द्र

थापा, धन बहादुर थापा, कुमार छिरिङ थापा, रमेश गोर्खाली, होम नेपाली, दल बहादुर नेपाली, दल बहादुर वि.क. लगायत हुनुहुन्छ ।

नेकपा(मसाल) मा पाँच वर्ष भन्दा बढी समय अगाडि देखिएको सैद्धान्तिक वैचारिक सङ्घर्षमा पार्टी नेतृत्वले पार्टीलाई निरन्तर दक्षिणपन्थी संशोधनवादमा पतन गराउँदै गएको अवस्थामा

पार्टीको विगतको गौरवशाली इतिहासको रक्षा र नेपाली कम्युनिस्ट आन्दोलनको विकासको लागिएम.को दक्षिणपन्थी संशोधनवादी सँग सम्बन्ध विच्छेद गरि क्रान्तिकारी पार्टी नेकपा (मसाल)

विशेष महाधिवेशन आयोजक समितिलाई सहयोग गर्नु पर्ने निर्वाचित अध्यक्ष टङ्क रानाको भनाईरहेको छ । पछिल्लो राजनीतिक घटनाक्रममा पार्टी पुरै नेपाली काङ्ग्रेसको पिछलग्गु बनेको,पार्टीले कम्युनिस्ट मुल्य-मान्यताहरुलाई परित्याग गरेको, क्रान्तिकारी आन्दोलनबाट पार्टीलाई दक्षिणपन्थी सुधारवादमा फसाएकोले अब पार्टीमा विद्रोह बाहेक अर्को विकल्प नरहेको भेलामा सहभागीहरूले बताएका छन । भेलाको टङ्क रानाको अध्यक्षता र धन बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

२०७९ साउन १५ १५:२५ बजे

प्रतिक्रिया