देउवाले भोट मागेपछि शशांक भने फेरि भेटौँला

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १३:४९ बजे
देउवाले भोट मागेपछि

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र  पार्टीका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भेटवार्ता  भएको छ । देउवालाई भेट्न शशांक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

निर्वाचित भएपछि दुई नेताबीच मंगलबार बिहान पहिलोपटक भेटवार्ता भएको हो । भेटका क्रममा देउवाले संसदीय दलमा आफूलाई सहयोग गर्न अग्रह गरेका छन् । 

 देउवाले गठबन्धनलाई जोगाएर लिनको लागि आफुलाई सहयोग गर्न आवश्यक रहेको बताएका छन् । देउवाले भोट माग्दा शशांकले हाँसेर मात्र टारेका थिए । “फेरि भेटौँला, तपाईं भीडभाडमा हुनुहुँदो रहेछ,” शशांकले जवाफमा देउवालाई भनेका हुन् । 

शशांक योपटक संसदीय दलको नेता बन्ने दौडमा छन् । उनले दिएको यो जवाफले उनि पनि संसदीय दलको नेताको दौडमा रहेको बुझिन्छ । 

२०७९ मंसिर २० १३:४९ बजे

प्रतिक्रिया