टिपर दुर्घटना परी एक जनाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १२:१९ बजे
मृत्यु

चितवन। नारायणगढ–मुग्लिङ सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको  ज्यान गएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राईको दुर्घटना परी ज्यान गएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयाराज पण्डितका अनुसार मुग्लिङबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नं को टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उनले बताएका छन् । 

२०७९ मंसिर २० १२:१९ बजे

प्रतिक्रिया