सुनको भाउ तोलामा २ सय रूपैयाँले घट्यो

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १२:१५ बजे
सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा २ सय रुपियाँले ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा आज मंगलबार सुनको भाउ तोलामा २ सय रूपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला २ सय रूपैयाँले घट्दै ९९ हजार ३ सय रुपैयाँ कायम भएको हो । अघिल्लो छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ । 

महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि आज तोलामा २ सय रूपैयाँले नै घट्दै ९८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ३५ रूपैयाँले घट्दै प्रतितोला १ हजार ३५० रूपैयाँमा झरेका महासंघले जनाएको छ । 

२०७९ मंसिर २० १२:१५ बजे

प्रतिक्रिया