सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रपति विद्यादेवी भण्डारी विच चेटर्वाता

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २० १२:०९ बजे
ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र  राष्ट्रपति विद्यादेवी भण्डारी विच चेटर्वाता भएको छ । सञ्चारमन्त्री कार्की मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको जनाइएको छ । 

उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी गरेका जनाइएको छ ।  भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरणबारे राष्ट्रपतिले चासो  राखेका जनाइएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि कार्कीले राष्ट्रपति भेट्नुलाई राजनीतिक भेटका रुपमा लिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा राष्ट्रपतिलाई भेट्न पुगेको हुन सक्ने विश्लेषण गरिएको छ । 

२०७९ मंसिर २० १२:०९ बजे

प्रतिक्रिया