यस पटकको निर्वाचनमा प्रतिनिधि सभामा ५ र प्रदेश सभामा १२ जना स्वतन्त्र उम्मेदवार निर्वाचित 

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ १३:३८ बजे
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम आएको छ । सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो। प्रतिनिधिसभामा  कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । 

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित भएका छन् ।  प्रतिनिधिसभामा देशभरबाट १७ जना स्वतन्त्र उम्मेदवार  विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभातर्फ ५ जना स्वतन्त्र उम्मेदवार  विजयी भएका छन् । 

यस्तै प्रदेशतर्फ १२ जना निर्वाचित भएको निर्वाचन  भएका छन् । मधेस प्रदेशमा ६ जना, गण्डकीमा १ जना, लुम्बिनीमा ३ जना निर्वाचित भएका छन् । यस्तै कर्णाली र सुदूरपश्चिममा पनि १–१ जना निर्वाचित भएका  निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभातर्फ मोरङ १ बाट योगेन्द्र मण्डल, सर्लाही ४ बाट अमरेश कुमार सिंह, रौतहट २ बाट किरण कुमार साह, रौतहट ३ बाट प्रभु साह र बर्दिया २ बाट लालवीर चौधरी निर्वाचित भएका छन् । 

यसैगरी प्रदेशतर्फ मधेस प्रदेशसभामा अनिरुद्ध कुमार सिंह, सुरिता कुमारी साह, जवाहर लाल कुशवाहा, केशव राय, शारदा शंकर प्रसाद कलवार र प्रमोद कुमार जयसवाल निर्वाचित भएका छन् । यसैगरी गण्डकी प्रदेशसभा सदस्यमा स्वतन्त्रबाटै राजीव गुरुङ निर्वाचित हुँदा लुम्बिनी प्रदेशमा सुरुल पुन, दीपेन्द्र कुमार पुन मगर र खड्ग बस्नेत निर्वाचित भएका छन् । यस्तै कर्णाली प्रदेशसभामा देवेन्द्र बहादुर शाही र सुदूरपश्चिम प्रदेशसभा सदस्यमा तारा प्रसाद जोशी निर्वाचित भएका छन् । 

२०७९ मंसिर १९ १३:३८ बजे

प्रतिक्रिया