चितवनमा नेकपा मसाल समन्वय समिति को जिल्ला भेला सम्पन

चितवनमा नेकपा मसाल समन्वय समिति को जिल्ला भेला सम्पन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १४ २२:४७ बजे
नेकपा मसाल

चितवन  ।  नेकपा (मसाल) केन्द्रिय समन्वय समितिले आयोजना गर्न लागेको विशेष महाधिवेशन लाई समर्थन गर्दैे जिल्ला समन्वय समिति चितवनले २०७९ श्रावण १२ गते जिल्ला भेला सम्पन्न  गरेको छ ।

आठौं महाधिवेशनको तयारीको समय देखि पार्टी भित्र दुई लाइनको संघर्ष तीब्ररुपमा  चलिरहेको थियो । आठौं महाधिवेशनमा पार्टीले दक्षिणपन्थी नीतिलाई पारित गरेपछि पनि त्यसलाई सच्याउन सकिन्छ कि भनेर करिब ३ बर्ष देखि अन्तरपार्टी संघर्ष संचालन गर्दै आएका  थिए । तर एम वि नेतृत्वले मतभेद राख्ने कार्यकर्ताहरुलाई जिम्मेवारी विहिन बनाउने, घटुवा गर्ने, एकलीकरण गर्ने, विभिन्न बहानामा समितिहरु भंग गर्ने र निस्काशन सम्मका कार्वाहीहरु गर्ने जस्ता गैरक्रान्तिकारी नोकरशाही प्रकारका कामहरु गर्दै आएपछि क्रान्तिकारी पार्टी निर्माणको लागि भेलाको आयोजना गरि कमिटि गठन गर्नु पर्ने आवश्यकता अनुसार चितवन जिल्लामा कार्यरत पार्टी सदस्यहरुको भेला सम्पन्न गरिएको छ ।

उक्त भेलाले नेकपा (मसाल) जिल्ला समन्वय समिति गठन गरि जिल्ला प्रवक्तामा का. कमल गिरीलाई चयन गरेको छ । जिल्ला समन्वय समितिले संगठनात्ककाम लाइ अगाडि बढाउँदै विशेष महाधिवेशनलाई सफल गर्न सहयोग पुराउने निर्णय गरेको छ । मसाल भित्रका क्रान्तिकारी विचार राख्ने सम्पुर्ण साथिहरु लाइ कुनै अलमल नगरी क्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाडी वढ्न विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

देशमा पाँच दलिय गठबन्धन सरकारले राष्ट्रघाति नागरिकता विधेयक, एम सी सी लाई पारित गरेर देशलाई असफल बनाउँदै साम्राज्यवादको छातामुनी लैजाने र भारतीय विस्तारवादको योजना अनुसार नेपाललाई भारतीय संघमा मिलाउने योजनामा काम गरेको, महंगाइले जनताको ढाड सेकेकोले त्यसका विरुद्धमा एकल वा संयुक्त रुपमा संघर्षलाई अगाडि बढाउने प्रवक्ता कमल गिरिले  मिति २०७९ श्रावण १४ गते  प्रेस विज्ञप्ति मार्फत जनाएका छन।

२०७९ साउन १४ २२:४७ बजे

प्रतिक्रिया