जनकपुरमा पोखरीमा डुबेर एक बालीकाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ १२:११ बजे
मृत्यु

धनुषा ।धनुषामा  पोखरीमा डुबेर एक बालीकाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–८ अग्नि कुण्ड बस्ने विजय पटेलकी छोरी अन्दाजी ३ वर्षीया अतिक्षा कुमारी पटेलको सोही ठाउँस्थित पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो । 

पोखरीमा डुबेर गम्भीर घाइते भएकी उनको उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । 

२०७९ मंसिर १९ १२:११ बजे

प्रतिक्रिया