सुनको मुल्य तोलामा लाखको हारा हारीमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ ११:२६ बजे
सुनको मुल्य

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढ्दै ९९ हजार ९ सय रूपैयाँ पुगेको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । 

यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै बढ्दै ९९ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।  यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा १५ रूपैयाँले बढ्दै आज १ हजार ३८५ रूपैयाँमा कारोबार भइरहेको छ ।

२०७९ मंसिर १९ ११:२६ बजे

प्रतिक्रिया