प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा घोषणा,कसले कती जिते

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १९ ११:१६ बजे
१६५ क्षेत्रकै नतिजा घोषणा

काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम  आएको छ ।  सोमबार बिहान प्रतिनिधिसभातर्फ दोलखाको पनि मतपरिणाम सार्वजनिक भएसँगै सबै क्षेत्रको नतिजा आएको हो।  दोलखामा सत्ता गठबन्धनबाट उम्मेदवा बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की  विजयी भएका हुन् ।  

निर्वाचन आयोगका अनुसार निर्वाचनबाट प्रतिनिधिसभामा  कांग्रेस प्रत्यक्षतर्फ ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । यस्तै एमालेले ४४ सिट जित्दा नेकपा माओवादी केन्द्रले १८ सिट जितेको छ । 

यसैगरी नेकपा एकीकृत समाजवादी पार्टीले १०, जसपा, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले ७–७ तथा लोसपाले ४ सिट जितेको छ । यसैगरी नागरिक उन्मुक्ति पार्टीले ३ सिट जित्दा राष्ट्रिय जनमोर्चा, नेमकिपा र जनमत पार्टीले १–१ सिट जितेको निर्वाचन आयोगले जनाएको छ । यस्तै स्वतन्त्र उम्मेदवारी दिएर ५ जना निर्वाचित   भएका छन् ।

सबै क्षेत्रको मत परिणाम आएसँगै राजनीतिक दलहरु अब सरकार निमार्णको तयारीमा जुटेका छन् । अब बन्ने सरकार सत्तारुढ गठबन्धन कायम रहे फेरी पनि पाँच दलिय गठबन्धकै सरकार बन्ने देखीएको छ । 

२०७९ मंसिर १९ ११:१६ बजे

प्रतिक्रिया