बालेनले अमेरिकी राजदूतसँग गरेको भेटवार्ता प्रति एमाले नेता रावलको आपत्ती

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १६ १८:११ बजे
डा. भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले  काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतसँग  गरेको भेटवार्ता  प्रति आपत्ती जनाएका छन् । उनले सामाजीक सञ्जाल फेसबुकमा लेखेका छन् ,'बारे विषयनेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट व्यवस्था छ।कामपाका प्रमुख वालेन साहाले अमेरिकी राजदूतसंग भेटवार्ता बारे विषय जानकारी गराई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको हो कि होइनरु स्पष्ट गरियोस्।संविधान र स्वाधीन देशको स्वाभिमान र मर्यादाको रक्षा गरौं।'

'परराष्ट्र सम्बन्ध जस्तो संवेदनशील विषयमा संविधान र कानूनको पद्धति मिचेर जुन कार्यालय वा निकाय प्रमुखलाई जतिबेला जो विदेशीसंग भेटवार्ता गर्न मन लाग्यो आाफुखुशी गर्ने संसारमा कहीं नभएको अभ्यास नेपालमा किन संक्रमणकालिन गठबन्धन सरकाररु जनउत्तरदायी हौ भने जवाफ देउ।'बिहिबार बालेन र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको थियो।

२०७९ मंसिर १६ १८:११ बजे

प्रतिक्रिया