नामिवियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १६ १३:४१ बजे
नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग टु को त्रिदेशीय सिरिज अन्तर्गत नामिबियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । घरेलु टोली नामिबियाले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने  लागेको हो । नेपाल र नामिबिया दुई एक दिवसीय अन्तराष्ट्रियमा खेलेका छन् । ती दुवै खेल नामिबियाले जितेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंकसहित छैठौं स्थानमा रहेको छ । नामिबिया भने २७ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ । यस सिरिजमा नेपाल,नामिबिया तथा स्कटल्याण्डको सहभागिता रहेको छ ।

२०७९ मंसिर १६ १३:४१ बजे

प्रतिक्रिया