काठमाडौं । अहिलेको नेपालको मधेश राजनीतिकबाट जुर्मुराएका एक राजनीतिक व्यक्ति हुने सिके राउत । सिके राउत नेपाली राजनीतिकमा आफ्नो अतिवाद र अहङ्कारको कारणले परिचित भएका एक राजनीतिक पात्र हुन् । उनी नेपाली राजनीतिकमा मधेश राज्यको माग गर्दै गर्दा परिचित भएका व्यक्ति हुन् । वेला बेलामा राज्य विरुद्धका कार्य गरेको भन्दै उनलाई पक्राउ समेत गरिएको थियो । उनि आफ्नो राजनीतिक यात्रामा विभिन्न समय गरी ३ पटक सम्म पक्राउ परे । तिन पटक सम्म पनि पक्राउ पर्दा पनि उनी आफ्नाे राजनीतिक यात्राबाट भने विचलन भएनन् ।
१० वैशाख ०७२ मा विशेष अदालतले उनलाई सफाइ दियो । ३ माघ ०७२ मा सर्वोच्चले पनि सफाइ दियो । सर्वोच्चले राउतको गतिविधिले राष्ट्रिय सुरक्षामा कुनै खतरा नभएको भन्दै उनलाई सफाइ दिइएको हो । उनले पनि आफ्ना कुनै पनि गतिविधि विखण्डनको पक्षमा नरहेको बताएका थिए ।
२०७५ सालमा सिके राउत जनमत पार्टीमा आवद्ध भएका हुन् । उनले आफ्नो पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन गरेर जनमत पार्टी खोलेका हुन् ।
लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेका थिए । यस अघि सिके राउत स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गर्दै आएका थिए । सिके राउत सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच २०७५ फागुन २४ गते गरिएको ११ बुँदे सहमतिबाट खल्ला राजनीतिमा आएका हुन् ।
हालै सम्पन्न भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत सप्तरी २ बाट प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचित भएका हुन् । उनले जनता समाजवादी पार्टीका अध्यक्षलाई दोब्बर मतान्तरले पराजित गरेका हुन् । उनले जनता समाजवादी पार्टी ( जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका हुन् । उनले ३५ हजार ४२ मत ल्याएका थिए । जसपाका अध्यक्षले भने १६ हजार ९७९ मत मात्रै ल्याए ।
यस पटकको निर्वाचनमा जनमत पार्टीले प्रत्यक्ष तर्फ एक सिट जितेको हो । प्रत्यक्ष तर्फ १ सिट मात्रै जिते पनि जनमत पार्टी राष्ट्रिय पार्टी बन्ने भएको छ । समानुपातिकमा जनमत पार्टीले ३९४२९९मत ल्याएको छ । जो ३.८ प्रतिशत हुन आउँछ । प्रदेश सभाको निर्वाचन अन्तरगत भने जनमत पार्टीले ६ सिट जितेको छ । प्रदेश सभामा भने उ सरकारमा जाने देखिन्छ ।
यता सरकार निमार्णमा सत्तारुढ गठबन्धनको पनि बहुमत पुग्ने नभएपछि सत्तारुढ गठबन्धन पनि बहुमत पुर्याउने होडमा लागि रहेको छ । यसै बिच जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सँग सरकार निमार्ण र सरकारमा सामेल हुने विषयमा कुराकानी पनि गरेका छन् । त्यस्तै उनले सत्तागठबन्धनका अर्का प्रमुख नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहा प्रचण्डसँग पनि भेटवार्ता गरेका छन् ।
प्रतिक्रिया