चार पटकको विश्व विजेता जर्मन यसपटक नक आउटमा पनि पर्न सकेन

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १६ १२:१० बजे
फिफा विश्वकप फुटबल

काठमाडौं । जर्मन यसपटकको फिफा विश्वकप फुटबलको समुह चरणबाटै बाहिरीएको छ । विश्वमा जर्मन फुटबलको मामालामा विश्वमै  प्रख्यात देश हो जसले चारपटक विश्व कपको उपाधि आफ्नो कोल्टोमा पारेको छ । 

सन् १९५४, १९७४, १९९० र २०१४ को वर्ल्डकप च्याम्पियनसिप  जर्मनी यस पटकको पवश्यकपमा पनि विजेता बन्ने आशाका साथ  मैदानमा आएको थियो ।

समूह चरणको अन्तिम खेलमा कोस्टारिकासँग प्रतिस्पर्धा गरेको जर्मनले ४–२ गोल अन्तरले पराजित भएको हो । यो जितपछि अंक तालिकामा जर्मनको चार अंक पुगेको थियो । स्पेनको बराबर अंक हासिल गरे पनि जर्मनको कतार विश्वकप यात्रा यो खेलका  लागि समाप्त भएको छ । 

स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका तीन अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिरियो ।

२०७९ मंसिर १६ १२:१० बजे

प्रतिक्रिया