दोलखाका विवादित यी केन्द्रमा मंसिर १५ गते पुनः निर्वाचन हुने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १२ ११:१४ बजे
पुनः निर्वाचन

काठमाडौं । दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा  मंसिर १५ गते पुनः निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको आज बिहान बसेको बैठकले १५ गते निर्वाचन  गराउने निणर्य गरेको हो । 

मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले १५ गते निर्वाचन गर्ने त्यारी भएको र सोहि अनुसार त्यारी थालीएको जनाएका छन् । 

दोलखाका विभिन्न  १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती निर्वाचन क्षेत्रमा फेरी मतदान हुन लागेको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

वैत्यश्वरको वडा नं. ६ (क, ख, ग), वैत्यश्वर ३ को कालिढुङ्गा (क, ख, ग), वैत्यश्वर २ को जनज्योति (क, ख) र तामाकोसीको जामुने हेल्थपोस्ट (क, ख) केन्द्रमा पुनः चुनाव गराउने निर्णय आयोगले गरेको छ ।

२०७९ मंसिर १२ ११:१४ बजे

प्रतिक्रिया