राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यतालिका

bimbonline बिम्ब अनलाइन
२०७९ असार २८ ०९:३६ बजे
upper house


 काठमाडौं ।  संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक  बस्ने भएको छ । राष्ट्रि सभाको बंठक आज दिउसा ११ बजे देखि बस्ने   लागेकाे हो । 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक, २०७९ सभा समक्ष टेबुल गर्ने कार्यतालिका छ । त्यसैगरी सामाजिक सुरक्षा(पहिलो संशोधन) विधेयक, २०७९, नेपाल प्रहरी तथा प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक २०७९ खानेपानी तथा सरसफाई विधेयक, २०७६ टेबुल गर्ने कार्यतालिका रहेको छ । 

त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)  विधेयक २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका  रहेको छ । 

२०७९ असार २८ ०९:३६ बजे

प्रतिक्रिया