फ्रान्स एक खेल खेल्न बाँकी छदाँ नकआउट चरणमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ११ ११:५२ बजे
फ्रान्स

काठमाडौं । फिफा विश्वकप २०२२ मा साविक विजेता फ्रान्स समूह चरणको एक खेल  खेल्न  बाँकी रहँदै नकआउटामा पुगेको छ । शनिबार बेलुका डेनमार्कलाई २–१ ले पराजित गरेसँगै फ्रान्स नकआउटमा पुगेको हो । 

फ्रान्सले समूह चरणको अन्तिम खेल ट्युनिसियासँग खेल्न बाँकी छ ।  अब हुने खेल हारे पनि फ्रान्स नकआउटमा पुग्ने छ । फ्रान्सले यसअघि नै २ खेल जितिसकेकोले उसले ६ अंक जोडिसकेको छ ।

अब ट्युनिसियासँग जतिसुकै गोल अन्तरले हारे पनि फ्रान्स तेस्रो हुने सम्भावना छैन । किनकि अब यो समूहमा ६ अंक पुग्ने सम्भावना अस्ट्रेलियासँग मात्र छ ।

२०७९ मंसिर ११ ११:५२ बजे

प्रतिक्रिया