वेल्स र इरान पहिलो जितको खोजीमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ९ ०८:४६ बजे
वेल्स र इरान

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तरगत आज ९शुक्रबार० देखि समूह चरणको दोस्रो राउन्डका खेलहरु शुरु हुनेछ । दोस्रो राउन्डको पहिलो खेलमा वेल्स र इरानले प्रतिस्पर्धा गर्दा दुवै टोली पहिलो जितको खोजीमा हुनेछ । यि दुई टोलीबीचको खेल अहमद विन अली स्टेडियम दिउँसो ३ः४५ बजेपछि हुनेछ ।

६४ वर्षपछि पहिलोपटक फिफा विश्वकप खेलिरहेको वेल्स आफ्नो पहिलो खेलमा अमेरिकासँग १–१ गोलको बराबरी खेल्दा इरानले इंग्ल्यान्डसँग ६–२ को हारबाट विश्वकपको शुरुवात गरेको छ । दुवै टोली पहिलो जित निकाल्दै विश्वकपमा समूह चरण पार गर्ने लक्ष्यमा हुनेछ ।

अमेरिकाविरुद्ध पेनाल्टीमार्फत बराबरी गोल फर्काएका ग्यारेथ बेल नै इरानविरुद्धको खेलमा मुख्य हतियार हुनेछ । वेल्सको सर्वाधिक गोलकर्ता रहेका उनी विपक्षी टोलीका लागि टाउँको दुखाई हु, छैटौंपटक फिफा विश्वकपमा प्रतिस्पर्धा गरिरहेको इरान युरोपेली टोलीविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । इङ्ल्यान्डविरुद्ध दुई गोल गरेका मेहदी तारेमी टोलीका लागि प्रमुख खेलाडी हुनेछन् । उनी विश्वकपको एकै खेलमा दुई गोल गर्ने पहिलो इरानी खेलाडी हुन् ।

विश्वकपमा यि दुई टोली पहिलो पटक तथा समग्रममा दोस्रोपटक खेल्न लागेको हो । यसअघि यि दुई टोलीले सन् १९७८ मा मैत्रीपुर्ण खेलमा प्रतिस्पर्धा गर्दा वेल्स १–० ले विजयी भएको थियो ।

वेल्स पछिल्लो १० खेलमा अपराजित छ । जसमा ६ जित र ४ बराबरीको नतिजा छ । यता, इरानले सन् २००६ को विश्वकपमा सुरुवाती दुवै खेल गुमाएको थियो । इरान सोही विगत दोहो¥याउन चाहदैन ।

एहसान हाजासाफी र अलिरेजा जाहानबाख्स इरानबाट विश्वकपका बढी खेल्ने खेलाडी हुन् । उनीहरुले समान ७ खेल खेलेका छन् । इरानले विश्वकपमा १६ खेल खेल्दा २ जित, ४ बराबरी र १० हारको नतिजा निकालेको छ । एजेन्सी 

२०७९ मंसिर ९ ०८:४६ बजे

प्रतिक्रिया