प्रचण्डलाई ओलीको फोन,के वाम एकताको घन्टी बजेको हो ?

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ १९:५८ बजे
वाम एकता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लामो समय पछि फोनवार्ता गरेका छन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच भएको फोनवार्ताले नेपाली राजनीतिमा फेरी बाम एकताको  बिउ पलाएको छ । 

बिहीबार दिउँसो ओलीले प्रचण्डलाई फोन गरेर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकोमा बधाई साटासाट गरेको ओलीका निजी सचिवालय स्रोतले बताएको छ । संवादमा ओलीले पहिलेको तिक्तता भुलेर मिलेर अगाडि बढ्न आग्रह गरेका छन् ।

नेकपाको एकता भंग भएपछि ओलीले प्रचण्डलाई पहिलो पटक फोन गरेका हुन्। एमाले अध्यक्ष ओलीले प्रचण्डलाई मिलेर बढ्न  आग्रह गरे पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने अन्तिम नतिजा सम्म कुर्नुपर्ने बताएका जनाइएको छ । यता नेकपा एकीकृत समाजवादी केन्द्रका अध्यक्ष माधव कुमार नेपालले पनि  आफ्नो अहिलेको अवस्था सोचेको भन्दा नाजुक भएको बताएका थिए । उनले सरकार बनाउने अवस्थामा भने समयको माग अनुसार जानुपर्ने बताएका छन् । 

नेकपा माओवादी केन्द्रमा महासचिव देव गुरुङले पनि अब वाम एकता आवश्यक रहेको बताएका छन् । उनले एमालेका निर्वाचित नेता पृथ्वीसुब्बा गुरुङलाई बधाई दिर्दे यस्तो बताएका हुन् ।

२०७९ मंसिर ८ १९:५८ बजे

प्रतिक्रिया