निर्वाचन परिणामले देश अस्थिरतातर्फ जाने खतरा :ओली

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ १५:५४ बजे
केपी शर्मा ओली

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परीणामले देश अस्थिरतातर्फ जाने खतरा बढेको बताएका छन्। झापामा आयोजित कार्यक्रममा  बोल्दै निर्वाचनको परिणमा सन्तोषजनक नभएको र यसले खतरा निमत्याउने  बताएका छन् । 

ओलीले भने, ‘भवितव्यले संसदमा पुगेपनि आफ्नो मूल्य राम्रैसँग राख्ने भयो। राजनीति जनताका समस्यामाभन्दा अब १-२ महिना सरकार गठनको खेलमा बित्ने भयो। जो मन्त्रीले जस्तो बोलोस कारबाही हुँदैन। सरकार टिकाउनुपर्‍यो। त्यसैले पनि सरकार अस्थिरतातर्फ जाने खतरा देखिन्छ।’

२०७९ मंसिर ८ १५:५४ बजे

प्रतिक्रिया