लगातार दुई दिन ओरालो लागेको नेप्सेमा सामान्य सुधार

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ८ १५:४५ बजे
सेयर बजार

काठमाडौं । निर्वाचन पछि  लगातार ओरालो लागेको  नेप्से साताको अन्तिम दिन आज भने उकालो लागेको छ । आज सेयर बजार परिसुचक नेप्से ११.५६  अंकले उकालो लागको हो ।   अज नेप्से उकालो लागेसँगै १९३३.५५ विन्दुमा पुगेको छ।

 आज दिन सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ।

 आज कारोबार रकम भने ओरालो लागेको छ । अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३२ स्टकको १८ हजार ४९५ पटकको कारोबारमा ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको २५ लाख ६९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। त्यसैगरी, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त वित्तीय संस्था र सिनर्जी पावर डेभलपमेन्टको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन २.८९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक नै शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हिमालयन डिष्टिलरीको करिब ७ करोडको शेयर खरिदबिक्री भएको छ।

२०७९ मंसिर ८ १५:४५ बजे

प्रतिक्रिया