शर्मालाई बहुमतका आधारमा सफाइ दिनु रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए जस्तै - बिष्णु रिजाल

शर्मालाई बहुमतका आधारमा सफाइ दिनु रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए जस्तै - बिष्णु रिजाल

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १९:११ बजे
बिष्णु रिजाल

काठमाडौं ।  अहिले जनार्दन शर्मालाई बहुमतका आधारमा सफाइ दिनु केही समयअघि रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए जस्तै  भएको एमालेका  प्रवक्ता बिष्णु रिजालले  जनाएका छन् । 

  नेकपा एमालेका परराष्ट्र विभाग प्रमुख तथा एमाले केन्द्रीय सदस्य  बिष्णु रिजालले  सामाजिक सञ्जा टिुवटरमा  यस्तो  भनेका हुन् । उनले ट्विटरमा  भनेका छन् । अहिले जनार्दन शर्मालाई बहुमतका आधारमा सफाइ दिनु केही समयअघि रोशनी शाही प्रकरणमा कृष्णबहादुर महराले अदालतबाट सफाइ पाए जस्तै हो । 

सरकार आफ्नै, कर्मचारी सेटिङ आफ्नै, प्रहरी आफ्नै, बहुमतले निर्णय गर्ने सांसद आफ्नै !अनि आफ्नो पक्षमा प्रतिवेदन आउँदैन त ?

 यता  आज संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन प्रतिनिनिधि सभामा पेश  गरेको छ । समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन सदनसमक्ष पेश गरेका हुन्।

करको दायरा हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएपछि तत्कालीन अर्थमन्त्री शर्मामाथि छानविन गर्न समिति गठन भएको छ। सो समितिले हालसम्म गरेको अनुसन्धानको प्रतिवेदन पेश भएको हो। अनुसन्धाबाट  कुने पनि  व्यक्ती  कोहो गएको पाइएको  छैन् ।  माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले  आफु स्वच्छ भएका काराणले नै  निर्दोष सावित  भएको बताएका छन् । 

https://twitter.com/bishnurijal1/status/1552987094913777664

२०७९ साउन १३ १९:११ बजे

प्रतिक्रिया