अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदीमा सार्वजनिक बिदा , नेपाली दूतावास पनि आज बन्द

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ७ १०:५१ बजे
साउदीमा सार्वजनिक बिदा

काठमाडौं ।  कतारमा जारी फिफा विश्वकपमा अर्जेन्टिनालाई हराएको खुसीयालीमा साउदी अरबमा आज सार्वजनिक बिदा दिइएको छ।

साउदी अरबका राजा तथा दुई पवित्र मस्जिदका संरक्षक सलमानले निर्देशन जारी गरेर बुधबार सरकारी तथा निजी क्षेत्रका सबै कर्मचारीलाई बिदा दिने घोषणा गरेका हुन्।

मंगलबार भएको खेलमा अर्जेन्टिनाविरुद्ध साउदी राष्ट्रिय टोलीको शानदार जितको खुसीको अवसर मनाउन त्यहाँका राजकुमार तथा प्रधानमन्त्री मोहम्मद बिन सलमानको सिफारिस अनुसार बिदा दिने निर्णय गरिएको हो ।

कतारको लुसेल रंगशालामा भएको खेलमा ग्रिन फाल्कन्सले फुटबलका सुपरस्टार लियोनल मेसीको अर्जेन्टिनालाई २–१ गोल ​​अन्तरले पराजित गरेको थियो ।

खेलको दोस्रो हाफमा ग्रीन फाल्कन्सका लागि सालेह अल(शेहरी र सलेम अल-दवसारीले गोल गरे भने अर्जेन्टिनाका लागि लियोनल मेस्सीले पेनाल्टीमार्फत एक गोल गरेका थिए ।

साउदी अरबको रियादस्थित नेपाली दूतावास पनि आज बन्द रहेको छ । दूतावासले मंगलबार राती एक सूचना जारी गर्दै साउदी सरकारको निर्णयअनुसार दूतावास बन्द रहेन जनाएको हो ।

२०७९ मंसिर ७ १०:५१ बजे

प्रतिक्रिया