साविक विजेता फ्रान्स अष्ट्रेलियासँग ४–१ ले विजयी

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ७ १०:४३ बजे
फ्रान्स

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ। दोहास्थित अल जानुब स्टेडियममा आज बिहान सम्पन्न खेलमा अष्ट्रेलियामाथि ४–१ गोलको जित निकाल्दै फ्रान्सले सुखद् सुरुआत गरेको हो। फ्रान्सको जितमा ओलिभर जेरुडले दुई गोल गरे। एड्रिन राबिओट र केलियन एमबाप्पेले एक–एक गोल गरे।

अष्ट्रेलियाका लागि  क्रेग गुडविनले एक गोल गरे। खेलमा सुरुआती अग्रता भने अष्ट्रेलियाले लियो। खेलको नवौँ मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए।

यस जितसँगै फ्रान्सले पहिलो खेलमै तीन अङ्क जोडेको छ। समूह ‘डी’को फ्रान्स शीर्षस्थानमा रहेको छ भने अष्ट्रेलिया पुछारमा रहेको छ।

२०७९ मंसिर ७ १०:४३ बजे

प्रतिक्रिया