स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ७ १०:३८ बजे
मृत्यु

 काठमाडौं । दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको  ज्यान गएको छ । घोराही उपमहानगरपालिका –९ नयाँबस्ती निवासी शोभाराम विकको १३ महिनाकी छोरी पुष्पा बिक ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन गौतमले  बताएका छन् ।

नारायणपुरबाट विद्यार्थीलाई छोड्न गएको बाल प्रतिभा इंग्लिस बोर्डिङ स्कुलको अनटेष्ट बसको ठक्करबाट  बालिकाको मृत्यु भएको  गौतमले  बताएका छन् ।  बालिकालाई ठक्कर दिए  लगत्तै भागेका चालकको खोजी कार्य जारी रहेको छ ।

२०७९ मंसिर ७ १०:३८ बजे

प्रतिक्रिया