फिफा विश्वकप कतार : आज पोल्याण्ड र मेक्सिको भिड्दै

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ६ १४:२० बजे
फिफा विश्वकप कतार

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा आज पोल्याण्ड र मेक्सिको  खेल्ने भएका छन् ।  समूह ‘सी’ अन्तर्गत हुने पोल्याण्ड र मेक्सिकोबीचको खेल स्टेडियम ९७४ मा नेपाली समयअनुसार राती ९ः४५ बजे सुरु हुनेछ । 

दुवै टोली  जित निकाल्दै विश्वकपमा विजयी सुरुवात गर्न चाहन्छन् ।स्ट्राइकर लेवान्डोस्की पोलिस टोलीका कप्तानसमेत हुन् । टोली उनकै प्रदर्शनमा निर्भर रहनेछ । 

स्पेनिस क्लब बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने उनले देशका लागि १३४ खेलमा ७६ गोल गरेका छन् । ३४ वर्षीय लेवान्डोस्की लागि यो अन्तिम विश्वकप हुनसक्छ । 

उनी दोस्रोपटक विश्वकप खेल्दै छन् । यसअघि लोवान्डोस्कीले २०१८ को विश्वकप खेलेका थिए तर टोलीले   समूह चरण भने पार गर्न सकेन ।    

राउल जिमिनेज  अनुभवी फरवार्ड  मेक्सिकोका प्रमुख खेलाडी हुन् । ३१  वर्षका भए । इंग्लिस क्लब उल्भ्सबाट व्यवसायिक फुटबल खेल्ने जिमिनेजले देशका लागि ९५ खेलमा २९ गोल गरेका छन् । उनी टोलीका लागि वर्तमान समयमा खेलिरहेका सर्वाधिक गोल गर्ने खेलाडी हुन् । 

जिमिनेज तेस्रोपटक विश्वकप खेल्दैछन् । उनले यसअघि २०१४ र २०१८ को विश्वकप खेलेका थिए । दुवैमा टोलीले अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

२०७९ मंसिर ६ १४:२० बजे

प्रतिक्रिया