नेदरल्याण्ड्सले सेनेगललाई हरायो, अमेरिका र वेल्स बराबरीमा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ६ ०९:१४ बजे

काठमाडौं । कतारमा जारी फिफा विश्वकपमा गए राति  भएको खेलमध्ये एकमा नेदरल्याण्ड्सले जित निकालेको छ ।  नेदरल्याण्ड्सले सेनेगललाई २० गोलअन्तरले हराएको छ ।  

नेदरल्याण्ड्सको जितमा कोडी गाक्पो र डाभी क्लासेनले एकरएक गोल गरे। नेदरल्याण्ड्सले दुवै गोल खेलको दोस्रो हाफमा गरेको थियो। खेलको ८४औं मिनेटमा गाक्पोले फ्रान्की डी जोङको पासमा हेडमार्फत् उत्कृष्ट गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका  हुन् । 

खेलको दोस्रो हाफको अतिरिक्त समयमा क्लासेनले गोल गर्दै नेदरल्याण्ड्सको गोल सङ्ख्या दुई बनाएका थिए। जितसँगै नेदरल्याण्ड्सले ३ अंक जोडेको छ।

यस्तै राति १२स्४५ बाट सुरु भएको अमेरिका र वेल्सबीचको खेल भने बराबरीमा टुङ्गियो। कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो।

खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए।खेलको ८२ औँ मिनेटमा वेल्सका कप्तान ग्यारेथ बेलले पेनाल्टीबाट गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। अमेरिकाका वाल्कर जिमर म्यानले बेललाई फउल गर्दै पेनाल्टी क्षेत्रभित्र लडाएपछि वेल्सले पेनाल्टी पाएको थियो।

यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन्।

२०७९ मंसिर ६ ०९:१४ बजे

प्रतिक्रिया