बजार अब २१०० सय र १८०० सयको दौडमा रहने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ६ ०९:०३ बजे
सेयर बजार

काठमाडौं । केहि महिना यता देखी निरन्तर ओरालाे यात्रामा रहेको सेयर बजार परिसुचक नेप्से गत साता  भने उकालो लागेको थियो । गत साता नेप्से परिसूचक २ प्रतिशतभन्दा  उकालो लागेको हो ।   अघिल्लो साता १८९३.७० विन्दुमा बन्द भएको नेप्से, गत साता २.२८ प्रतिशत अर्थात ४३.१५ अंक बढेर १९३६.८३ विन्दुमा पुगेको छ।

 पाँच दिन कारोबार भएको नेप्से मा कारोबार रकममा पनि सुधार आएको हो । अब नेप्से  माथिल्लो २१०० र तल्लो १८००  विन्दुको दौडमा रहने देखीएको छ । 

साताको अन्तिम कारोबार दिन नेप्से हरियो बनेको थियो । यसका साथै साप्ताहिक रुपमा पनि गत साता नेप्सेले बुलिश मैनबत्ती नै बनाएको छ। यसले सो साता बजारमा खरिदकर्ता बलियो रहेको संकेत गर्दछ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक ४.३७ प्रतिशत बढेका छ। अघिल्लो साता १९४४.२३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक गत साता ८५.०२ अंक बढेर २०२९.२५ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा २४०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, ओरालो लागेमा भने १८०० विन्दुमा टेवा पाउने देखिन्छ।

२०७९ मंसिर ६ ०९:०३ बजे

प्रतिक्रिया