मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ १३:१७ बजे
अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन् । अध्यक्ष ओलीले अहिलेको निर्वाचन पछि एमालेको सरकार बन्ने पनि दावी गरेका छन् ।

उनले आज भोट हालेसँगै एमालेको सरकार बन्ने  दावी गरेका हुन् । उनले भने, ‘मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । हामी बहुमत ल्याउँछौँ । अहिले सहकार्य गरेको दलहरू मिलेर सरकार बनाउँछौं ।’

नयाँ दलहरू राष्ट्रिय दल बन्ने  सम्भावना पनि निकै कम रहेको  उनको भनाई रहेको छ । साथै ओलीले सबैलाई मतदान गर्न पनि आग्रह गरेका छन् । 

उनले भने । ‘आफूलाई मन परेको पार्टी र उम्मेदवारलाई मत हाल्नुहोस् । तर, मतदान प्रक्रियामा सहभागी चाहिँ हुनुहोस्’।  यो निर्वाचन देशका लागि महत्वपूर्णरूपमा लिएको भन्दै उनले थपे, ‘निर्वाचनलाई देशका लागि सकारात्मका कोशेढुंगाको रूपमा यसले काम गर्छ भन्ने विश्वास गरेको छु । एमालेले बहुमत ल्याउँछ भन्ने आँकलन गरेको छु । अहिलेसम्म पनि त्यही देखेको छु उनले भने ।

२०७९ मंसिर ४ १३:१७ बजे

प्रतिक्रिया