सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि हवाई फायर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ ०९:५४ बजे
हवाई फायर

काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि  हवाई फायर गरीएको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरका अनुसार मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको हो ।

मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको  जनाइएको छ । 

२०७९ मंसिर ४ ०९:५४ बजे

प्रतिक्रिया