फुटबलको महाकुम्भ मेला ‘ फिफा विश्वकप ’ आजदेखि

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर ४ ०७:१० बजे
फिफा विश्वकप फुटबल

काठमाडौं । आजबाट कतारमा फिफा विश्वका विभिन्न खेलहरु हुने भएका छन् ।  आयोजक राष्ट्र कतारले आइतबार इक्वेडरसँग खेलेलगत्तै विश्वकपको २२औँ संस्करण सुरु हुनेछ । विश्वकपका लागि छनोट भएका उत्कृष्ट ३२ राष्ट्रका खेलाडी आफ्ना समर्थकको साथसहित मैदानमा बलियो उपस्थिति देखाउने प्रयत्नमा हुनेछन् ।

अमेरिका र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपको अर्को संस्करणमा ४८ राष्ट्रको सहभागिता रहने भएको छ । मध्यपूर्वी तथा अरब देशमा आयोजना भएको यो पहिलो विश्वकप हो ।

सन् १९९४ मा साउदी अरबले विश्वकपमा सहभागिता जनाएपछि अरब देशका लागि कतार विश्वकपको आयोजना सबैभन्दा ठूलो उपलब्धि हो । यसैगरी एसियामा हुने यो दोस्रो विश्वकप हो । सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा विश्वकप आयोजना गरेको थियो । ३२ टिमले २९ दिनमा कुल ६४ खेल खेलेपछि विश्वकपको समापन लुसैल रङ्गशालामा हुनेछ ।

२०७९ मंसिर ४ ०७:१० बजे

प्रतिक्रिया