सुरक्षा घेरभित्र पालै पालो प्रतिव्यक्ति पाँच हजारका दरले पैसा बाड्दै देउवा

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ १९:२२ बजे
प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जित्न मतदातालाई पैसा बाडिरहे भेटीएको छ

 काठमाडौं । नेपाली काँग्रेसका सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन जित्न मतदातालाई पैसा बाडिरहे भेटीएको छ ।  डडेल्धुराको अमरगढी नगरपालिका–८ रातो गुँरास रिसोर्टमा बसेका देउवा मतदातालाई पैसा बाँडिरहेका हुन्।

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै उनी सुरक्षा घेराभित्र मतदातालाई पैसा बाँडिरहेका  आरोप रहेको छ ।  देउवाले निर्वाचन जित्न विगतमा पनि पैसा बाँड्दै आएको आरोप लाग्दै आएको छ । 

बिहीवार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै निर्वाचनको प्रचारप्रसारमा रोक लगाइए पनि देउवाले आफूलाई मत दिन आग्रह गर्दै प्रतिव्यक्ति ५ हजार रूपैयाँ दिइरहेको एक स्थानीयको भनाई रहेको छ ।  ‘प्रति व्यक्ति ५ हजार दिइरहेका छन्। मलाई पनि ५ हजार दियो, एक स्थानियको भनाई । 

रातो गुँरास रिसोर्टमा पैसा बाँडिरहेका खबर सुनेर युनिटी खबरको टीम त्यहाँ पुग्दा मानिसहरूको भीड थियो। कतिपय पत्रकारको टीम देख्दा भागेका थिए भने कतिपय आफ्नो फोटो नखिचिदिन हारगुहार गरिरहेका जनाइएको छ । 

सुरक्षा घेरभित्र पालैपालो मानिसलाई भित्र पठाइरहेको बेला पत्रकारलाई फोटो नखिच्न भन्दै सुरक्षाकर्मी तथा देउवाका सहयोगीले धम्की  दिएका जनाइएको छ । पत्रकारले फोटो भिडियो खिच्न थालेपछि बाहिर रहेका सबैलाई गेट भित्र जान दिइएको हो । 

बाहिर रहेका स्थानीयसँगै पत्रकार पनि भित्र जान खोजेपछि उनीहरूलाई रोकीएको थियो। कतिपय भित्र गएर देउवालाई भेट्न नपाएको गुनासो गरिरहेका थिए भने कतिपय पैसा दिएको भन्दै खुसी भएर फर्किरहेका थिए।

प्रहरी प्रशासनलाई पत्रकारले ‘सुरक्षा थ्रेट’ भएकोे खबर गरेपछि रिसोर्ट पुगेका डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी गाडिबाट बाहिर निस्किएनन् भने प्रहरी नायव उपरीक्षक मनोहर भट्टले अन्य प्रहरीलाई भीड हटाउन निर्देशन दिएका थिए।

२०७९ मंसिर २ १९:२२ बजे

प्रतिक्रिया