यूएइविरुद्धको श्रृंखलामा नेपालकाे जित

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ १५:४९ बजे
nepal

काठमाडौं । यूएइविरुद्धको श्रृंखला नेपालले  जितेको छ । ओपनर आसिफ शेख र ज्ञानेन्द्र मल्लको सतकीय साझेदारीमा युएईलाई  नेपालले ६ विकेटले पराजित गरेको हो । नेपाली राष्ट्रिय क्रिकेट टिमले तीन खेलको एकदिवसीय श्रृङखला २–१ ले जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाएर १ सय ८० रन बनाएको हो । 

श्रृङखलाको निर्णायक खेलमा नेपालका आरिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । आसिफले अविजित ८८ रनको इनिङ खेले ।

उनले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग १ सय २२ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र ३४ रन बनाएर आउट भएका थिए । यस्तै, कप्तान रोहित पौडेलले १० र अर्जुन साउदले ९ रन बनाए ।  यूएईले निर्धारित ५० ओभरमा १ सय ७६ रनको योगफल तयार गरेको थियो ।

 नेपालको बलिङमा गुलसन झा र दिपेन्द्र सिंह ऐरी र कुशल भुर्तेलले दुई÷दुई विकेट लिए भने, सोमपाल कामी, ललित राजवंशी रे समान एक विकेट लिए ।

तीन खेलको श्रृङखलामा पहिलो खेलमा ८४ रनले पराजित भएको नेपालले दोस्रो खेलमा यूएईलाई तीन विकेटले हराउँदै श्रृङखला बराबरी गरेको थियो ।

२०७९ मंसिर २ १५:४९ बजे

प्रतिक्रिया