हनि ट्र्यापको आरोपमा श्रीमान-श्रीमती पक्राउ

हनि ट्र्यापको आरोपमा श्रीमान-श्रीमती पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १८:०२ बजे
हनि ट्र्याप


 काठमाडौं ।  हनि ट्रयापमा पारेर पुरुषलाई रकम बार्गेनिङ गरेको आरोपमा प्रहरीले पती पत्नीलाई पक्राउ गरेको छ । सोलुखुम्बु घर भई भक्तपुरको बालकोट बस्ने २४ वर्षका शेखर बास्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउतलाई  प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमार्फत साथी बनेर फोनको आदान प्रदान गरेर समन्वय गराई उनीहरुले झुटा मुद्दा लगाउने र फसाउने त्रास देखाएर मोल मोलाइ गर्ने गरेका   प्रहरीले जनाएको छ ।  उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार साउन १२ मा दम्पतीलाई नयाँ बानेश्वरबाट पक्राउ गरिएको  हो ।

प्रहरीले केही दिनअघि सिन्धुली घर भएकी कल्पना बस्नेत र उनको श्रीमानलाई पनि हनि ट्रयाप धन्दा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

२०७९ साउन १३ १८:०२ बजे

प्रतिक्रिया