यूएईद्धारा नेपाल सामु १ सय ७७ रनको लक्ष्य

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ १३:२३ बजे
नेपाल

काठमाडौं । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रन  बनाउदै नेपाललाई १७७ रनको  सामान्य लक्ष दिएको छ ।  

यूएईका आयान खानले सर्वाधिक ५४ रनको अर्धशतक बनाए । त्यस्तै अलिशान शराफुले ३३ रन र रोहन मुस्तफाले २४ रन बनाए । नेपालमा गुलशन झा, कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरीले समान २(२ विकेट लिए ।

त्यस्तै सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । नेपालले बुधवार भएको दोस्रो खेल ३ विकेटले जित्दै शृङ्खलामा एकरएक को बराबरी गरेको छ ।

२०७९ मंसिर २ १३:२३ बजे

प्रतिक्रिया