दाङमा श्रीमानले गरे श्रीमतीको हत्या, छिमेकीले ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुने

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ १२:४० बजे
श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं । दाङमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार बबई गाउँपालिका–१ क्विरेनीका ४० वर्षका लालबहादुर बोटेले ३४ वर्षकी श्रीमती खुमि बोटेको हत्या गरेका हो ।

श्रीमतीको हत्या गरेको थाहा पाएपछि छिमेकीले बोटेलाई ढोका बाहिरबाट चुक्कुल लगाएर कोठामा थुनेका थिए । छोराछोरी मामाघर गएका बेला श्रीमान् श्रीमतीबीच झगडा भएपछि लालबहादुरले श्रीमतीको हत्या गरेका प्रहरीले जनाएको छ । लालबहादुर बोटेलाई इलाका प्रहरी कार्यालय खिलतपुरले पक्राउ गरेको छ ।

२०७९ मंसिर २ १२:४० बजे

प्रतिक्रिया