त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाज गर्ने पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर २ ११:१६ बजे
त्रिवि क्रिकेट मैदान

काठमाडौं । सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौं त्रिवि क्रिकेट मैदानबाटै केहीलाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार नेपाल र युएईबीचको खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा  तिनिहरुलाई पक्राउ गरीएको र अनुसन्धान थालीएको छ । केन्द्रिय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनीहरुलाई पक्रेको हो ।

क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीले जनाएको छ । उनिहरुलाई आज पक्राउ गरीएको र उनिहरुको साथबाट मोबाइ समेत बरामद गरीएको  प्रहरीले  जनाएको छ । 

२०७९ मंसिर २ ११:१६ बजे

प्रतिक्रिया