क्रान्तिकारीका स्ववियु निर्वाचन गर्नुपर्ने देखि त्रिविका विकृति समाधान गर्ने लगायतका विभिन्न १८ बुँदे माग

क्रान्तिकारीका स्ववियु निर्वाचन गर्नुपर्ने देखि त्रिविका विकृति समाधान गर्ने लगायतका विभिन्न १८ बुँदे माग

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १७:५२ बजे
क्रान्तिकारीका

 काठमाडौं ।  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका विकृतिहरु समाधान गर्न  १८  बुँदे माग गरेको छ ।  बिहीबार अध्यक्ष पञ्चा सिंहले १८ बुँदे  विभिन्न मागर  राखेका हुन्  

क्रान्तिकारीले त्रिविमा स्ववियु निर्वाचन सहित अन्य कुराहरुको माग गरेको छ ।  यस्तै प्राध्यापकहरूलाई खुल्ला प्रतिस्पर्धाबाट परिपूर्ति गर्नुपर्ने,  प्रश्नपत्र निर्माणमा देखिएको विकृति र लापरबाहीलाई रोक्न स्पष्ट कानुनी ब्यवस्था गर्न माग गरिएको छ । मागमा त्रिविलाई शैक्षिक ठेकेदारहरूबाट हमला भएको आरोप लगाउँदै आम विद्यार्थीमाथिको भविष्यमा खेलबाड भइरहेको उल्लेख गरिएको छ ।

‘विश्वविद्यालय प्रशासनको प्रमुख उपकुलपतिको कार्यालयमै १४१ दिनको तालाबन्दी, शिक्षाध्यक्ष, रजिष्टारको कार्यकक्षका महिनौ देखिका तालाबन्दी, त्रिवि सेवा आयोगको आंशिक प्राध्यापकहरूको तालाबन्दी, विभिन्न विभागहरूमा भई राखेका तालाबन्दीले विश्वविद्यालय कुन अवस्थाबाट गुज्रिएको छ र यसका संचालकहरुबाट विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने सजिलै अन्दाज लगाउन सकिन्छ’, पत्रमा भनिएको छ । क्रान्तिकारीले विद्यार्थीहरूलाई सर्वसुलभ, विश्वसनीय र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न माग गरेको छ ।  आफ्ना मागहरु तत्काल पूरा नभए संगठनले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।

२०७९ साउन १३ १७:५२ बजे

प्रतिक्रिया