मतादातालाई मदीरा वितरण गर्न खाेज्दा झडप, ४ राउन्ड हवाई फायर

bimbonline बिम्ब अनलाइन
२०७९ मंसिर १ १४:५९ बजे
हवाई फायर

 काठमाडौं । रौतहटको कटहरिया बजारमा दुई दलका कार्यकर्ताबीच भएको झडपमा ढुंगामुढा भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । गएराति एक दलका कार्यकर्ता अर्का दलका कार्यकर्ता झडपमा उत्रिएपछि अवस्था नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर गरेको हो । प्रहरीले हवाई फाएरका साथै २ सेल अश्रुग्यास प्रहार गरेको प्रहरी निरीक्षक वीरेन्द्र पाश्वानले बताएका छन् ।

घटनामा केही स्थानीय र केहि प्रहरीलाई सामान्य चोटपटक लागेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। एकजना उम्मेदवारले मतादातालाई वितरण गर्न भारतबाट मदिरा ल्याइएको विषयमा विवाद भएको थियो । अर्का दलका कार्यकर्ताले नियन्त्रणमा लिन खोज्दा गएराति ९ बजे सामान्य झडप भएको हो । झडपपछि मदिरा सहित भनिएको उक्त गाडी त्यहाँबाट भागेको थियो । लगत्तै केही युवाले प्रहरीमाथि ढुंगामुढा गरेको प्रहरीले बताइएको छ ।

२०७९ मंसिर १ १४:५९ बजे

प्रतिक्रिया