बजेट प्रकरणमा समितिको निष्कर्ष-अनधिकृत व्यक्तिको प्रवेश देखिएन

बजेट प्रकरणमा समितिको निष्कर्ष-अनधिकृत व्यक्तिको प्रवेश देखिएन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १७:४३ बजे
बजेट प्रकरण

 काठमाडौं । संसदीय विशेष समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानविनको प्रतिवेदन प्रतिनिनिधि सभामा पेश भएको छ। समिति सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन सदनसमक्ष पेश गरेका हुन्।

करको दायरा हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएपछि तत्कालीन अर्थमन्त्री शर्मामाथि छानविन गर्न समिति गठन भएको छ। सो समितिले हालसम्म गरेको अनुसन्धानको प्रतिवेदन पेश भएको हो।

बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिए ।

समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिए ।

प्रतिवेदनको परिच्छेद ४।१ मा करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको उल्लेख छ ।

अर्थ मन्त्रालयबाट प्राप्त जवाफ, कागजात, प्राप्त भएको सीसीटीभी फुटेजको अध्ययन गरेको समितिले भनेको छ, ‘हालसम्म समितिले गरेका छानबिन र संकलन गरेका प्रमाणका आधरामा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको देखिएन ।’

यससँगै करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसंग सादर्भिक नरहेको समितिले बताएको छ । प्रतिवेदनमा भनिएको छ, ‘करको दरले अर्थतन्त्रमा परेको प्रभावहरुको नियमित अध्ययनले संसदको सम्बन्धित विषयगत समितिले नै गर्ने हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नुपर्ने देखिएन ।’

२०७९ साउन १३ १७:४३ बजे

प्रतिक्रिया