भोजपुरमा प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट भएपछि ...

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३० १५:११ बजे
प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिक बम विस्फोट भएपछि ...

काठमाडौं ।  भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी चुनावी कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको छ । एक व्यक्तिले बोकेको बम विस्फोट भएको जनाइएको छ । 

बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयका एसपी नवीनराज राईले  बताएका छन् ।  बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।

बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् । 

२०७९ कात्तिक ३० १५:११ बजे

प्रतिक्रिया