भारतबाट ल्याउँदै गरेको १५ हजार मतपत्रसहित एक भारतिय नागरीक पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३० १४:४३ बजे
एक भारतिय नागरीक पक्राउ

काठमाडौं । भारतबाट ल्याउँदै गरेको अवैध मतपत्रसहित पर्साबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपालको दशौता आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा १५ हजार थान मतपत्र भेटिएको सशस्त्र प्रहरी पर्साले जनाएको छ । मतपत्र ल्याउने भारतको बिहारका इजाजत अहमतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले मोटसाइकलको पछाडि बोरामा बाँधेर मतपत्र ल्याएका थिए ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७९ कात्तिक ३० १४:४३ बजे

प्रतिक्रिया