बिहीबार रातिदेखि भारतर्फका सबै नाका बन्द हुने

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३० ११:३४ बजे
भारतर्फका सबै नाका बन्द

काठमाडौं । आगामि निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते (बिहीबार) मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएका छन् ।  बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म भारतसँग जोडिएका सबै नाका बन्द हुने भएका छन् । 

चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताएका छन् । निर्वाचनको ७२ बन्द हुने नाकाहरु अत्यावश्यक अवस्थामा भने आवातजावत खुला गरिने छन् । त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

२०७९ कात्तिक ३० ११:३४ बजे

प्रतिक्रिया