देशभर थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १३ १७:३७ बजे
कोरोना संक्रमण

 काठमाडौं । नेपाल  पछिल्लो केहि दिन यता कोराना संक्रमण  हुनेको संख्या लगातार उकालो लाग्दै गएको छ ।  नेपालमा पटील्लो  २४ घण्टनान ५७७ जनामा कोरोना संक्रमण  पुष्टि भएको छ । साथै कोरोना संक्रमणको काराणबाट  दुई जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २८२ स्वाब परीक्षण गर्दा ५७७ जनामा कोरोना पुष्टि भएको हो। आज दुई हजार ४७४ जनाको पीसीआर परीक्षण गर्दा ३९१ जनामा र एक हजार ८०८ जनाको एन्टिजन परीक्षण गर्दा १८६ जनामा कोरोना देखिएको हो।

आज कोरोना संक्रमणबाट दुई जनाको  ज्यान  गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ।शुक्रबार कोरोनाबाट २६९ जना निको भएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या चार हजार ३५६ पुगेको छ।

२०७९ साउन १३ १७:३७ बजे

प्रतिक्रिया