नेपाल र पाकिस्तान सन् २०१८ पछि आज मैत्रीपूर्ण फुटबल खेल्दै

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक ३० ११:०७ बजे
फुटबल

काठमाडौं । नेपाल र पाकिस्तानबीच आज  दशरथ रंगशालामा बेलुका साढे पाँच बजे मैत्रीपूर्ण फुटबल हुने भएको छ । 

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो अन्तर्राष्ट्रिय खेलको रुपमा नेपालसँग खेल्न लागेको हो । सन् २०१८ को साफ च्याम्पियनसिपपछि यी दुई टोली पहिलो पटक खेल्न लागेका हुन् ।  त्यसबेला नेपाल २–१ गोलले पराजित भएको थियो ।  दुई देशबीच अहिलेसम्म १७ खेल भएकोमा पाकिस्तानले सात र नेपालले पाँच खेलमा जित हात पारेको छ भने, पाँच खेल बराबरी भएका छन् ।

नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने  छन् । त्यस्तै पाकिस्तानी टोलीका कप्तान हसन वासिरले नेपालबिरुद्ध राम्रो इतिहास भएको र सोही इतिहासलाई दोहोर्याउनका लागि खेल्ने  छन् ।  

२०७९ कात्तिक ३० ११:०७ बजे

प्रतिक्रिया