नेकपा क्रान्तिकारी माओवादी पार्टीका ७ नेता कार्यकर्ता पक्राउ

bimbonline बिम्ब अनलाइन
२०७९ कात्तिक २९ १४:३७ बजे
पक्राउ

काठमाडौं । महोत्तरीका निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा ७ जनालाई पक्राउ गरिएको छ । 

पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीका नेता तथा कार्यकर्ता रहेका छन् । पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादवलगायतका ६ जना र गाडी चालकलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताएका छन् । 

प्रहरीका अनुसार उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरु चढेको ज १ च ११७१ नम्बरको टाटा सुमो पनि नियन्त्रणमा लिएको छ ।

२०७९ कात्तिक २९ १४:३७ बजे

प्रतिक्रिया